२०८२ जेष्ठ ३, शनिबार
गत साउनको दोस्रो साता आमा (नागरिकताअनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिनुभयो । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुग्नुभयो ।
‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ शुरू गर्नुभयो तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’, स्रोतले भन्यो– ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपियाँ लिएको रैछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’
नागरिकता जारी भइसकेपछि बुबा र आमा भनिएका वीरेन्द्र र सुशीलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँट गर्ने विषयमा खटपट शुरू भयो । वीरेन्द्रले सुशीलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलगअलग नै बस्ने गर्छन् ।
बाँडफाँट नमिलेपछि वीरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्रोतले बतायो । यद्यपि, वीरेन्द्रले सो विषयमा बोल्न भने चाहनुभएन । ‘सोनीसँग सुशीलाले पनि मोटो रकम लिएको रैछ, वडा कार्यालयमा सिफारिसदेखि जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी र कार्यालय सहयोगी देवुसम्मले रकम लिएरै काम गर्न गराउनमा सघाएका हुन्’ –स्रोतले नेपाल समाचारपत्रलाई भन्यो ।
जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडा अध्यक्ष सिकेन्द्र साह र वडा सचिव, वीरेन्द्र, सुशीला र सोनीलाई झिकाएर सो नागरिकता जफत गर्नुभएको छ । यद्यपि, नागरिकता फाँटका प्रशासकीय अधिकृत शिशिरको ठाउँमा राजु शर्मालाई हेरफेर गर्ने बाहेक हालसम्म अन्य कसैलाई पनि कारबाही भएको छैन ।
वडा अध्यक्ष सिकेन्द्र साहले श्रीमान् श्रीमती मिलेर आफूहरूलाई झुक्याएर छोरीको नामले नागरिकता सिफारिस लिएको बताउनुभएको छ । ‘नयाँ थिए धेरै कुरा थाहा पनि थिएन तर जनताको काम भने रोकिनुभएन भन्ने चाहना थियो, साउनको दोस्रो साता उनीहरूले झुक्याएर सिफारिस लिएको रैछ’, उहाँले भन्नुभयो– ‘नागरिकता लिइसकेपछि वीरेन्द्र (सोनीका बुवा) ले नै गाउँले समक्ष मलाई झुक्याएर सिफारिस लिएको कुरा गरेको रैछ अनि मलाई जानकारी भयो र नागरिकता रद्द हुनुपर्छ भन्दै सीडीओ सा’बकोमा पुगेँ’ –उहाँले सिफारिस गरेर गल्ती गरे तापनि रकम भने एक रुपियाँ पनि नलिएको दाबी गनुभयो ।
जिल्ला प्रशासन कार्यालयका यादवले सोनीसँग लामो समयदेखि चिनजान रहेकाले त्यसरी भनेको बताउनुभएको छ । ‘सोनीसँग करिब १० वर्षदेखि चिनजाछ छ, त्यही कुरा हाकिम सा’बसमक्ष भनेको मात्रै हो । पैसा लिएर त्यो भनेको छैन्, पैसा लिएकै छैन्’ –उहाँले भन्नुभयो ।
यता, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सो नागरिकता जारी भएको विषयमा छानबिन भइरहेको बताउनुभएको छ । ‘त्यसरी नागरिकता कसरी जारी भयो त्यो विषयमा छानबिन हुँदै छ’, उहाँले भन्नुभयो– ‘केही कर्मचारीमाथि पनि आशंका छ र पुष्टि हुन आए त्यस्तालाई कारबाही हुनेछ ।’ नेपाल समाचारपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे