२०८२ जेष्ठ ३, शनिबार
होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्नेकोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन् । त्यस्तै, खानपिनमा पनि उनीहरु सचेत छन् ।
काउलेपानी पुगेपछि आर्गा्निक खानाको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूधदही अनि लोकल रक्सी खान पाइन्छ । भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित प्रतिव्यक्ति एकहजारको हाराहारीमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ ।
यस क्षेत्रमा असारको महिनामा धान रोपाई, साउनमा कोदो रोपाई, भदौमा नेवाः समुदायको जात्रा, असोजमा रोटेपिङ, कार्तिकमा कटुस, मंसिरमा धानको दाँइ, पुसमा कोदो कुट्ने, माघमा बन तरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र वैशाखमा काफल र ऐसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढि प्याकेजमा पर्यटकहरुलाई काउलेपानी पठाउन सकिन्छ ।
इतिहास
शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ । १५औँ शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढीलगायतका इतिहास बोकेका स्थलहरु यहाँका अमुल्य निधि हुन् ।
प्राकृतिक सौन्दर्य
यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ ।
पर्यटन प्रर्वद्धन
ऐतिहासिक स्थल गाउँसहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमन समेत वृद्धि हुँदै गएको छ । सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानी सन् २०१४ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो)होमस्टे गाउँ घोषणा गरेको थियो । सरकारले घुमफिर वर्षका रुपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रुपमा काउलेपानी पनि समावेश छ । काउलेपानी यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमश्रङखला देख्न सकिन्छ ।
लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरबाट मोटरमा करिव ७ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि १६०० मिटर उचाइमा छ । न्यूज कारखानाबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे