२०८२ बैशाख २६, शुक्रबार
बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा जीप टुक्राटुक्रा भएकोले नम्बर प्लेटसमेत खुल्न सकेको छैन ।
सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि मृतक र घाइतेहरुको पहिचान भने खुलिसकेको छैन ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । आज दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ७ जना घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम जारी रहेको छ । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीले बताएको छ ।
दुर्घटना भएको जीपमा कति जना यात्रु सवार थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे