२०८२ अषाढ २९, आईतबार
बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवनपछि बेहोस भएका पुनलाई सल्यानस्थित बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको थियो । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे