२०८३ अषाढ २९, सोमबार


बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देवचुली नगर अस्पताललाई इसिजी मेसिन हस्तान्तरण गरेको
शाखा प्रबन्धक विश्वास ढुङ्गेलले बताउनुभयो ।
एक कार्यक्रमका बिच अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कमलराज न्यौपानेलाई मेसिन हस्तान्तरण गरियो । शाखा प्रबन्धक ढुङ्गेलले बैङ्कले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
डा. न्यौपानेले उपकरणले अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे