• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २९, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
९

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

२०८३ अषाढ ३, बुधबार
१२

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ११९ घाइते

२०८३ जेष्ठ ३०, शनिबार

गैससहरूका लागि ‘सामाजिक उद्यम’ विकास कति सहज ?

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ २९, सोमबार

  • ४१ पटक पढिएको
  • काठमाडौं, असार २९ – पछिल्लो समय ज्यादै चलनचल्तीमा आएको शब्द हो सामाजिक उद्यम, अर्थात् ‘सोसियल इन्टरप्राइजिङ्ग’ । स्थानीय समुदायलाई कुनै पनि प्रकारको उद्यममा संलग्न गराई उत्पादित वस्तु वा सेवाको व्यापारबाट हुने आम्दानीबाट स्थानीय बासिन्दा (लाभग्राही) को पनि हित हुने र संलग्न सहजकर्ता संस्था अर्थात् गैरसरकारी संस्थाको पनि दिगो व्यवस्थापनमा केही आर्थिक टेवा पुग्ने पद्धतिको विकास नै सामाजिक उद्यमशीलता विकास हो । तर यस पद्धतिको व्यावहारिक पक्षमा धेरै चुनौती रहेको कुरा आइतवार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका छन् ।

    नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आयोजित तथा विकासविद् डा. कृष्णराज भण्डारीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा करिब तीन दर्जन विकासकर्मीहरूको सहभागिता रहेको थियो । विश्वका विभिन्न देशका मोडेलसमेत समेटेर सहजकर्ता डा. भण्डारीले गैरसरकारी संस्थालाई सधैं दातामुखी नभै आफ्नै आय सिर्जना गरी दिगोरूपमा चलाउनु पछिल्लो समयमा धेरै कठिनाइ हुँदै गएको सन्दर्भ उल्लेख गरे । उनले थपे, ‘नेपालका करिब आधाजसो गैसस बन्द भइसकेको अवस्था छ, यसो हुनुमा ती संस्थाको दिगो आर्थिक स्रोत नहुनु नै हो, जसको एउटा उपाय हुनसक्छ सामाजिक उद्यमशीलता विकास ।’

    सहभागीहरूका तर्फबाट उक्त विचारमाथि डा. विनोद भट्ट, ब्रह्मध्वज गुरुङ, डा. चेतनाथ कणेल, अश्विन पुडासैनी, डा. गिरी पन्थी, डा. मेनुका कार्की, श्रीराम केसी, रामहरि अधिकारी, कृष्ण शर्मा, हिम्मतसिंह लेकाली, राजबहादुर गिरी, पद्मा माथेमा, शरद् न्यौपाने, विजया खनाल, निता थापा, दीपक पोखरेल लगायतका व्यक्तिहरूले टिप्पणी गर्दै आ–आफ्ना विचार राखेका थिए । अधिकांश सहभागीहरूको निष्कर्ष थियो, नेपालमा गैससहरू दाताको चाहना र आवश्यकताअनुसार खुल्ने र बन्द हुने प्रवृत्ति छ, गैससले आम्दानी गरेर संस्था चलाउने कुरा पनि धेरै टाढाको विषय भएको छ, किनकि यहाँको कानूनी झन्झट र झमेला बर्णनसाध्य छैन, गैससलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक छैन । साथै, कतिपय संस्थाले नेपालमा सामाजिक उद्यम विकासका नाममा सहकारी, लघुवित्त, आयमूलक कार्यक्रम आदि भनेर विविध कार्यक्रम चलाएको पाइए पनि तीसमेत आफ्नै चुनौतीमा अल्झेको, संशयको घेराभित्र रहेको कुरा सहभागीले उल्लेख गरेका थिए । अझ कतिपय सहभागीले व्यावहारिक रूपमा सामाजिक उद्यमशीलता विकास एउटा नयाँ अभियान जस्तो देखिए पनि यथार्थमा यसको सार्थक कार्यान्वयन हुन कठिन भएकोले यसको आवश्यकता र औचित्यमाथि नै पनि प्रश्न उठाएका थिए ।

    टिप्पणीकै क्रममा एक विज्ञ सहभागीको भनाइ थियो, ‘वास्तविक गरिब वर्ग (अल्ट्रा–पुअर) सँग काम गरेर सामाजिक उद्यम विकास गर्नु फलामको चिउरा चपाउनुजस्तै हुने भएकोले नेपालमा यस्तो उद्यमशीलता विकास गरेका छौं भन्ने संस्थाहरूको पनि अझ गहिरोसँग ‘केस’ नै बनाई अध्ययन गरेर सफल अभ्यास र यथार्थ धरातलीय ज्ञान मात्र अगाडि बढाउनु उचित हुनेछ, अन्यथा सामाजिक उद्यम गफ गर्ने र डिस्कोर्स चलाउने एउटा आधुनिक विषय मात्र हुनेछ ।’

    यस्तैमा अर्का सहभागीले थपे, ‘गैसस पनि अनेक थरीका भएकाले दाताका एजेन्डाबाट क्याप्चर, राजनीतिकरूपमा क्याप्चर, उच्चवर्ग (इलाइट ग्रुप) को हातबाट क्याप्चर, बैंक तथा लघुवित्तबाट क्याप्चर हुने पद्धतिले नेपाली गैससहरू पछिल्ला वर्षहरूमा गम्भीर मोडमा पुगेका छन्, वास्तविक गरिब र सुकुम्बासीका लागि काम गर्ने गैसस यहाँ चाहिएको हो, तर विश्व परिस्थिति र नेपालकै बदलिँदो परिवेशले पनि त्यस्ता सामाजिक संघसंस्थाहरू अर्थात् ‘गैसस’ परिचालन तथा व्यवस्थापन यहाँ अड्कल काट्नै पनि कठिन हुनेगरी ठूलै चुनौती बनेको यथार्थ छ । यसैगरी कतिपय सहभागीहरूले सामाजिक उद्यम विकासको अवधारणा बाहिरबाट लादिएको विषय भएको र यसको नेपाली मोडेल अलग्गै तरिकाले विकास गर्नुपर्ने तथा नेपाली कर्पोरेट सेक्टरको सामाजिक उत्तरदायित्व (‘सीएसआर’ भूमिका) माथि थप निगरानी तथा अध्ययन हुनुपर्ने, कानूनी प्रावधान खुकुलो र व्यावहारिक बनाउनुपर्ने कुरामा पनि जोड दिए ।

    नेपानका अध्यक्ष अश्विनकुमार पुडासैनीले कार्यक्रम समापनका अवसरमा भने, ‘यो विषय नयाँ र जल्दोबल्दो भएकोले यसप्रकारको बहसलाई निरन्तरता दिइने छ र ‘सोसियल इन्टरप्राइजिङ’ कसरी गर्ने भन्ने विषयमा सम्बद्ध सबैले बढी चिन्तन गर्नु पनि आवश्यक छ ।’  (डा. चेतनाथ कणेलको सहयोगमा)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

  • शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

  • २०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी

  • सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, महासंघद्वारा छानबिन गर्न माग

  • समाचार
  • १

    कालिकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
    २०८३ अषाढ २९, सोमबार

  • २

    शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ
    २०८३ अषाढ २९, सोमबार

  • ३

    २०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
    २०८३ अषाढ २९, सोमबार

  • ४

    सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, महासंघद्वारा छानबिन गर्न माग
    २०८३ अषाढ २९, सोमबार

  • ५

    गैससहरूका लागि ‘सामाजिक उद्यम’ विकास कति सहज ?
    २०८३ अषाढ २९, सोमबार

  • ६

    सिटिजन्स बैङ्कद्धारा देवचुली नगर अस्पताललाई इसिजी मेसिन हस्तान्तरण
    २०८३ अषाढ २९, सोमबार

  • ७

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाईँदै
    २०८३ अषाढ २९, सोमबार

  • ८

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ अषाढ २९, सोमबार

  • ९

    सरकार र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति
    २०८३ अषाढ २८, आईतबार

  • १०

    खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
    २०८३ अषाढ २८, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution