२०८३ अषाढ २९, सोमबार


मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए । घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो । उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको थियो । पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे