२०८२ अषाढ २५, बुधबार
रिजाल फुड एण्ड वेभरेज प्रालि चितवनले उत्पादन गर्ने रङ्गिला दालमोठको ब्याच नम्बर G 02 को दालमोठ पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।
विभागले बजार अनुगमबाट सङ्कलन गरिएको खाद्य पदार्थको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका सार्वजनिक खाद्य विश्लेषक समक्ष पेस गरिएको थियो ।
खाद्य विश्लेषक मार्फत परीक्षण गर्दा खाद्य पदार्थ न्यूनस्तर भएको पाइएको खाद्य निरीक्षक अधिकारी नवराज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।
विभागले यसको विषयमा थप कारबाहीबारे भने खुलाएका छैन । विभागले उद्योगहरूले बजारबाट गुणस्तरहीन उत्पादन फिर्ता गरेर जानकारी दिएपछि यसबारे थप खुलाउने बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे